Kathmandu Press

बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा 

काठमाडौं, भदौं ४ : लियोनलाई पाखा लगाउँदैं बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश गरेको छ ।

 गएराति भएको खेलमा फ्रान्सेली ....

बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा 

काठमाडौं, भदौं ४ : लियोनलाई पाखा लगाउँदैं बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश गरेको छ ।

 गएराति भएको खेलमा फ्रान्सेली क्लब लियोनलाई ३–० गोलले पराजित गर्दै जर्मन क्लब बार्यन उपाधि नजिक पुगेको हो । बार्यनको जितमा सर्ज गेनाब्रीले २ तथा रोबर्ट लेवान्डोस्कीले १ गोल गरे।

खेलको १८ औँ मिनेटमा गेनाब्रीको गोलबाट अग्रता लिएको बायर्नका लागि खेलको ३३ औँ मिनेटमा गेनाब्रीले नै दोस्रो गोल थपे। पहिलो हाफमा २–० ले अगाडि रहेको बार्यनका लागि ८८ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै ३–० को जित सुनिश्चित गराए।

 बायर्नले गत शनिबार स्पेनिस क्लब बार्सिलोनालाई ८–२ गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो। अब बायर्नले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग अगस्ट २४ मा खेल्नेछ ।

प्रकाशित मिति: ०७:०० बजे, बिहीबार, भदौ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्