Kathmandu Press

म्युजिक भिडियो बनाउँदा राष्ट्रिय झण्डा जलाउने नौ जना पक्राउ

काठमाडौं, भदौ ३ : म्युजिक भिडियो बनाउँदा नेपालको झण्डा जलाउने नौ जना पक्राउ परेका छन्।

राष्ट्रिय झन्डा जलाएको अभियोगमा उनीहरुलाई पक्राउ गरिए....

म्युजिक भिडियो बनाउँदा राष्ट्रिय झण्डा जलाउने नौ जना पक्राउ

काठमाडौं, भदौ ३ : म्युजिक भिडियो बनाउँदा नेपालको झण्डा जलाउने नौ जना पक्राउ परेका छन्।

राष्ट्रिय झन्डा जलाएको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ। म्युजिक भिडियो बनाउने ग्याल्जेन दोर्जे तामाङसहित नौ जनालाई पक्राउ गरेको प्रहरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ।

मंगोल हप नामको युट्युब च्यानलबाट सार्वजनिक भएको देशद्रोही बोलको गीतमा राष्ट्रिय झण्डा जलाएको दृश्य समेटिएको थियो। यसको चर्को विरोध भएपछि प्रहरीले पक्राउ गरेको हो।

यो गीतलाई ग्याल्जेन दोर्जे तामाङले लेखेका हुन। यसमा पृथ्वीनारायण शाह, ज्ञानेन्द्र शाह, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, शेरबहादुर देउवालगायत नेताहरुको तस्बिरसमेत जलाइएको छ।

प्रकाशित मिति: १४:३४ बजे, बुधबार, भदौ ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्