Kathmandu Press

अभया एन्ड द स्टिम इन्जिनको नयाँ गीत ‘छ मेरो अरु संसार’

काठमाडौं, भदौ ३ : रक ब्यान्ड अभया एन्ड द स्टिम इन्जिनले नयाँ गीत ‘छ मेरो अरु संसार’ सार्वजनिक गरेको छ।

अभयाको स्वरमा रहेको गीत ब....

अभया एन्ड द स्टिम इन्जिनको नयाँ गीत ‘छ मेरो अरु संसार’

काठमाडौं, भदौ ३ : रक ब्यान्ड अभया एन्ड द स्टिम इन्जिनले नयाँ गीत ‘छ मेरो अरु संसार’ सार्वजनिक गरेको छ।

अभयाको स्वरमा रहेको गीत ब्यान्डको युट्युब च्यानलमार्फत सार्वजनिक भएको गरिएको हो। फरक पहिचान बनाएको यो ब्यान्डले नयाँ गीतमार्फत पनि फरक स्वाद पस्किएको छ।

Hardik ivf

यस गीतमा संगीत सिर्जना, संयोजन र निर्माण अभयाले नै गरेकी छिन्। ब्यान्डकी फ्रन्ट लेडी अभयाले गीत पनि आफैले लेखेकी हुन्।

ब्याकिङ भोकलमा प्रशान्त गुरुङ र रिन्चेन पाल्जर रहेको यस गीतमा रिन्चेनकै गीटारका धुन सुन्न सकिन्छ। सोनम लामा भुटियाको बेस रहेको गीतमा पियानोमा निकेश कार्कीले साथ रहेका छन् भने ड्रममा रिन्चेन पाल्जर र नवीन थापा मगर रहेका छन्।

गीतमा महिर मल्ल र श्रृष्टी कार्कीले अभिनय रहेको छ भने यसलाई अभयाले नै निर्देशन गरेकी हुन्।

 

प्रकाशित मिति: १०:५३ बजे, बुधबार, भदौ ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्