Kathmandu Press

च्याम्पियन्स लिगको फाइनलमा पीएसजी 

काठमाडौं, भदौं ३ : पेरिस सेन्ट जर्मन पीएसजी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।

आरबी लेपजिङविरुद्ध ३–० को जित निकाल्दै पी....

च्याम्पियन्स लिगको फाइनलमा पीएसजी 

काठमाडौं, भदौं ३ : पेरिस सेन्ट जर्मन पीएसजी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।

आरबी लेपजिङविरुद्ध ३–० को जित निकाल्दै पीएसजीले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो।  गएराति लिस्बनमा भएको प्रतियोगितामा मार्किन्होसले खेलको १३ औँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए।

त्यस्तै ४२ औँ मिनेटमा एन्जल डि मारियाले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। र ५६ औँ मिनेटमा जुआन बेनार्टले गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे।

अब फाइनलमा बिहीबार बिहान बार्यन म्युनिख र लियोनबीचको विजेतासँग पीएसजीले उपाधिका लागि भिड्नेछ।

प्रकाशित मिति: ०७:१४ बजे, बुधबार, भदौ ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्