Kathmandu Press

'इनफ इज इनफ' अब गीतमा, कुलेन्द्रसहित १० गायक-गायिकाले दिए स्वर (भिडियो)

काठमाडाैं, भदाै २ : कोरोनाको महामारीको समयमा पनि देशमा भ्रष्टाचारको दुर्गन्ध फैलिएको छ। सत्ताको लुछाचुडी उस्तै छ। दुई तिहाइको सरकारबाट जनतामा जुन....

'इनफ इज इनफ' अब गीतमा, कुलेन्द्रसहित १० गायक-गायिकाले दिए स्वर (भिडियो)

काठमाडाैं, भदाै २ : कोरोनाको महामारीको समयमा पनि देशमा भ्रष्टाचारको दुर्गन्ध फैलिएको छ। सत्ताको लुछाचुडी उस्तै छ। दुई तिहाइको सरकारबाट जनतामा जुन अपेक्षा थियो, त्यो निराशामा परिणत हुँदै गएको अवस्था छ।

यी विषयलाई शिव सुवेदीको शब्द तथा संगीतमा तयार भएको 'इनफ इज इनफ' अर्थात 'अत्ति भयो अत्ति' बोलको गीतमा उतारिएको छ। यो गीतमा कुलेन्द्र विश्वकर्मासहित दश जना गायक-गायिकाले आवाज भरेका छन्। गीतमा कुलेन्द्रसहित सम्झना भण्डारी, खेम सेञ्चुरी, सुनिता बुढा क्षेत्री, सूर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमला पोखरेल, नरेश खाती र टीका सानुको स्वर छ।

देशमा राजनीति व्यवस्था परिवर्तन भए पनि सामन्ती सोच र संस्कारमा परिवर्तन आउन सकेको विषयलाई उठान गरिएको गीतमा देवेन्द्र क्षेत्रीको डाइलग छ। गीतमा ‘इनफ इज इनफ’ अभियानलाई समेत जोडिएको छ। गीतलाई यूट्युबमा दर्शक तथा स्रोतले रुचाएका छन्।

गीतले वर्तमान नेपालको वास्तविक दृश्य पेश गरेको गीतकार सुवेदी बताउँछन्।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: १३:४८ बजे, मंगलबार, भदौ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्