Kathmandu Press

यस्ताे छ प्रभास र दीपिकाको फिल्म 'आदिपुरुष'को फस्ट लुक

काठमाडौं, भदौ २ : बलिउड अभिनेता प्रभास र अभिनेत्री दीपिका पादुकोणको नयाँ फिल्म 'आदिपुरुष'को फस्ट लुक सार्वजनिक गरिएको छ।

प्रख्यात फि....

यस्ताे छ प्रभास र दीपिकाको फिल्म 'आदिपुरुष'को फस्ट लुक

काठमाडौं, भदौ २ : बलिउड अभिनेता प्रभास र अभिनेत्री दीपिका पादुकोणको नयाँ फिल्म 'आदिपुरुष'को फस्ट लुक सार्वजनिक गरिएको छ।

प्रख्यात फिल्म 'बाहुबली'का अभिनेता प्रभास र 'पद्मावत'की अभिनेत्री दीपिका पहिलो पटक एउटै फिल्ममा देखिन लागेका हुन्। उनीहरुको फिल्म आदिपुरुषको फस्ट लुक आज सार्वजनिक गरिएको छ।

अभिनेता प्रभासले सामाजिक सञ्जालमार्फत फिल्मको फस्ट लुक सार्वजनिक गरेका हुन्। इन्स्टाग्रामर्फत प्रभासले फिल्मको फस्ट लुक सार्वजनिक गर्दै लेखेका छन्, ‘खराबमाथि असलको जितको उत्सव मनाउँदै।’

उनले राम अवतारमा आफू काम गर्न पाउँदा उत्साहित रहेको समेत बताएका छन्। थ्रीडी एक्सन ड्रामा आधारित यस फिल्मका अन्य कलाकारबारे भने खुलाइएको छैन।  
यसमा उनी पौराणिक पुरुष रामको चरित्र निर्वाह गर्दैछन्। यो फिल्म हिन्दी, तेलुगू, तमिल, मलयालम, कन्नडलगायतको भाषामा प्रदर्शनमा आउनेछ।
सन् २०२२ मा ठूलो पर्दामा फिल्म रिलिज हुनेछ।

यो फिल्मलाई चर्चित फिल्म तानाजी द अनसंग वारियरका निर्देशक ओम राउतले निर्देशन गरेका हुन्।

 

 

प्रकाशित मिति: १३:३३ बजे, मंगलबार, भदौ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्