Kathmandu Press

दुई  हजार दुई सय रुपैयाँले बढेर सुनकाे पुन: एक लाख नाघ्याे

काठमाडाैं, भदाै २ : सुनको मूल्यले पुनः तोलामा एक लाख नाघेकाे छ। साेमबारकाे तुलनामा प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेर मंगलबार सुनको मूल्य एक लाख....

दुई  हजार दुई सय रुपैयाँले बढेर सुनकाे पुन: एक लाख नाघ्याे

काठमाडाैं, भदाै २ : सुनको मूल्यले पुनः तोलामा एक लाख नाघेकाे छ। साेमबारकाे तुलनामा प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेर मंगलबार सुनको मूल्य एक लाख चार सय रुपैयाँ पुगेको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावल सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय रुपैयाँमा काराेबार भएकाे थियाे। अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै सुनको भाउ बढेको महासंघले जनाएको छ।

मंगलबारका लागि तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार नौ सय रुपैयाँ पुगेकाे छ। त्यस्तै चाँदी भने प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ पुगेको छ। सोमबारको तुलनामा चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको हो।

प्रकाशित मिति: १२:०६ बजे, मंगलबार, भदौ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्