Kathmandu Press

राष्ट्रकवि घिमिरेको नाममा पुरस्कारको घोषणा

काठमाडौं, भदौ ४ : अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले  ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा पुरस्कार स्थापना गर्ने घोषणा गरेको छ....

राष्ट्रकवि घिमिरेको नाममा पुरस्कारको घोषणा

काठमाडौं, भदौ ४ : अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले  ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा पुरस्कार स्थापना गर्ने घोषणा गरेको छ।

अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीको अध्यक्षतामा बसेको बैठकले राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने निर्णय गरेको जनाएको छ। नेपाली साहित्यका काव्यविधामा प्रकाशित पुस्तकमध्ये उत्कृष्ट पुस्तकलाई पुरस्कार दिइने जनाएको छ।

यो पुरस्कार हरेक दुई वर्षमा दिइनेछ। यसको राशी दुई हजार अमेरिकी डलर रहने जनाएको छ।

यो पुरस्कार पहिलो पटक सन् २०२१ मा देवकोटा जयन्तीका अवसरमा प्रदान गरिने अनेसासले जनाएको छ।

राष्ट्रकवि घिमिरेको मंगलबार एक सय एक वर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित मिति: ११:४६ बजे, बिहीबार, भदौ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्