Kathmandu Press

कलाकार दमन रुपाखेती १४ वर्षीपछि 'मेरी बास्सै'मा

काठमाडौं, भदौ २ : कलाकार दमन रुपाखेती हास्य टेलिश्रृ‌ंखला 'मेरी बास्सै'मा फर्किएका छन्।

उनी १४ वर्षपछि 'मेरी बास्सै' श्....

कलाकार दमन रुपाखेती १४ वर्षीपछि 'मेरी बास्सै'मा

काठमाडौं, भदौ २ : कलाकार दमन रुपाखेती हास्य टेलिश्रृ‌ंखला 'मेरी बास्सै'मा फर्किएका छन्।

उनी १४ वर्षपछि 'मेरी बास्सै' श्रृंखलाको निर्देशक तथा कलाकारको रुपमा फर्किएका हुन्। उनले नै यसको सुरुआत गरेका थिए। उनी ८० श्रृंखला निर्देशन गरेपछि बाहिरिएका थिए।

'मेरी बास्सै'लाई अझ गुणस्तरीय र मनोरञ्जनात्मक बनाउन फर्किएको उनले बताएका छन्। अहिले पुरानै शैलीमा काम हुने र केही समयपछि नयाँ शैली अपनाइने उनले बताएका छन्।

दमनको पुनरागमनसँगै सोमबार साँझबाटै उनलाई 'मेरी बास्सै'मा देख्न सकिनेछ। यो कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ।

 

प्रकाशित मिति: १२:०० बजे, मंगलबार, भदौ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्