शानदार जितसहित इन्टर मिलान युरोपा लिग फुटबलको फाइनलमा
काठमाडौं, भदौं २ : शख्तर डोनेस्कविरुद्ध सानदार जित निकाल्दै इन्टर मिलान युरोपा लिग फुटबलको फाइनल प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा युक्रेनी....

काठमाडौं, भदौं २ : शख्तर डोनेस्कविरुद्ध सानदार जित निकाल्दै इन्टर मिलान युरोपा लिग फुटबलको फाइनल प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा युक्रेनी क्लब शख्तर डोनेस्कलाई ५–० गोल अन्तरले हराउँदै इन्टर फाइनलमा प्रवेश गरेको हो ।
इन्टरको जितमा लौटारो मार्टिनेज र रोमेलु लुकाकुले दुई/दुई गोल गरे भने ड्यानिलो डी आम्ब्रोसियोले थप एक गोल गरे ।
खेलमा अग्रता इन्टरले मार्टिनेजको गोलमा १९औं मिनेटमा लिएको थियो । ड्यानिलोले ६४औँ मिनेटमा इन्टरको अग्रता दोब्बर बनाए । मार्टिनेजले त्यसको १० मिनेटपछि ७४औँ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३–० ले अघि बढाए ।
खेलको ७८औं र ८३औं मिनेटमा दुई गोल गर्दै लुकाकुले इन्टरलाई ५(० को जित सुनिश्चित गरे । डोनेस्कलाई पराजित गर्दै फाइनल पुगेको मिलानले उपाधिका लागि सेभिल्लासँग भिड्नेछ। सेभिल्लाले म्यानचेस्टर युनाईटेडलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।











