Kathmandu Press

लिजेन्ड डिफेन्डर कोम्पनीले लिए सन्न्यास

काठमाडौं, भदौ १ : बेल्जियम तथा म्यानचेष्टर सिटीका लिजेन्ड डिफेन्डर भिसेन्ट कोम्पनीले सन्न्यासको घोषणा गरेका छन्। 

३४ वर्षीय कोम्पन....

लिजेन्ड डिफेन्डर कोम्पनीले लिए सन्न्यास

काठमाडौं, भदौ १ : बेल्जियम तथा म्यानचेष्टर सिटीका लिजेन्ड डिफेन्डर भिसेन्ट कोम्पनीले सन्न्यासको घोषणा गरेका छन्। 

३४ वर्षीय कोम्पनीले सोमबार फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्। इंग्लिश क्लब म्यानचेष्टर  सिटीमा ११ सिजन बिताएका कोम्पनी अहिले आफ्नै बाल्यकालको क्लब अन्डरलेचमा खेलाडी र प्रशिक्षकको भूमिकामा थिए। कोम्पनी अघिल्लो सिजन सिटी छाड्दै अन्डरलेच गएका थिए।

खेलाडी जीवन टुंग्याउँदै कोम्पनीले प्रशिक्षण जीवन सुरु गरेका छन्। उनी अन्डरलेचका मुख्य प्रशिक्षक बनेका छन्। अन्डरलेचसँग कोम्पनीले चार वर्षको सम्झौता गरेका छन्। 

कोम्पनीले प्रशिक्षणमा केन्द्रित हुन फुटबल करियर अन्त्य गरेको बताएका छन्। ‘म प्रशिक्षकको भूमिकामा पूर्णरुपमा केन्द्रित हुन चाहन्छु। त्यसका लागि मलाई शतप्रतिशत समय चाहिन्छ, त्यसैले खेलाडी जीवन टुंग्याउने निर्णय गरेको छु,’ कोम्पनीले भनेका छन्। 

‘म अब चार वर्ष प्रशिक्षकका रुपमा अन्डरलेचमै केन्द्रित हुनेछु। र, क्लबलाई परिणाम दिन चाहन्छु,’ बेल्जियमका लिजेन्ट डिफेन्डर कोम्पनीले भने, ‘अरुलाई देखाउनु छ कि अन्डरलेच पनि फुटबलको आधुनिक शैलीमा खेल्न सक्छ भनेर। त्यसका लागि कडा मेहनत र प्रतिबद्धता आवश्यक छ।’

कोम्पनी सिटीका अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट डिफेन्डर हुन्। सन् २००८मा ह्यामबर्गबाट सिटी आएका उनले सिटीमा ३६० खेल खेल्दै १८ गोल गरेका छन्। उनले सिटीबाट ४ प्रिमियर लिग, ४ लिग कप, २ एफए कप र २ कम्युनिटी शिल्ड गरी १२ उपाधि जितेका छन्। 

उनले क्लब फुटबलमा कुल ५३२ खेल खेल्दै ३१ गोल गरेका छन्। बेल्जियमको राष्ट्रिय टिमबाट  कोम्पनीले ८९ खेल खेल्दै ४ गोल गरेका छन्।

प्रकाशित मिति: १९:१० बजे, सोमबार, भदौ १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्