Kathmandu Press

सुनचाँदीको मूल्य केही दिनदेखि स्थिर

काठमाडौं, भदौ १ : पछिल्ला केही महिना लगातार बढेको सुनको मूल्य चार दिनयता भने ९८ हजारकै वरिपरि रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस....

सुनचाँदीको मूल्य केही दिनदेखि स्थिर

काठमाडौं, भदौ १ : पछिल्ला केही महिना लगातार बढेको सुनको मूल्य चार दिनयता भने ९८ हजारकै वरिपरि रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९८ हजार दुई सयमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला ९८ हजार चार सयमा कारोबार भएको थियो।

छापावाला सुनको मूल्य गत साता एक लाख तीन हजारसम्म पुगेको थियो।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य पनि प्रति तोला ९७ हजार सात सय पुगेको छ।

सोमबार चाँदीको मूल्य पनि धेरै घटबढ भएको छैन। सोमबार चाँदी प्रतितोला एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

प्रकाशित मिति: १२:३१ बजे, सोमबार, भदौ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्