आलियाको 'सडक २'को गीतमा पनि डिस्लाइक धेरै
काठमाडौं, भदौ १ : आलिया भट्टको फिल्म सडक २ को गीत सार्वजनकि भएको छ। यसमा पनि लाइकभन्दा डिस्लाइक बढी छन्।
बलिउड अभिनेता सुशान्तसिंह राजपूतको ....

काठमाडौं, भदौ १ : आलिया भट्टको फिल्म सडक २ को गीत सार्वजनकि भएको छ। यसमा पनि लाइकभन्दा डिस्लाइक बढी छन्।
बलिउड अभिनेता सुशान्तसिंह राजपूतको निधनपछि बलिउडमा नातावादबारे बहस भइरहेको छ। यसैबीच रिलिज हुन लागेको महेश भट्टको निर्देशन रहेको सडक २ मा आलिया, पूजा, संजय दत्त, आदित्य कपूरलगायतका कलाकारको अभिनय रहेको छ।
यसलाई नातावादका रुपमा हेर्दै डिस्लाइक गर्न थालिएको हो। यस अघि सडक २ को ट्रेलरमा पनि लाइकभन्दा डिस्लाइक बढी थिए।
प्रकाशित मिति: १२:१३ बजे, सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












