Kathmandu Press

सेभिल्ला युरोपा कपको फाइनलमा, म्यानचेस्टर युनाइटेड २–१ ले पराजीत 

काठमाडौं, भदौं १ : स्पेनिस क्लब सेभिल्ला यूईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको पहिलो सेमिफाइनलमा इङ्लिस क्लब म्यानचेस्टर ....

सेभिल्ला युरोपा कपको फाइनलमा, म्यानचेस्टर युनाइटेड २–१ ले पराजीत 

काठमाडौं, भदौं १ : स्पेनिस क्लब सेभिल्ला यूईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको पहिलो सेमिफाइनलमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले पाखा लगाउँदै सेभिल्ला उपाधि नजिक पुगेको हो ।  म्यानचेस्टरका लागि खेलको नवौं मिनेटमै ब्रुनो फर्नान्डेजले पेनाल्टी मार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर सेभिल्लाका लागि सुसोले २६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए । खेलको ७८औं मिनेटमा सेभिल्लाले वैकल्पिक खेलाडी लुक डे जोङको गरेको गोल नै निर्णायक सावित भयो र सेभिल्लाले फाइनलमा स्थान सुरक्षित गर्‍यो ।

 सेभिल्लाले अब इन्टर मिलान र शख्तर डोनेस्कबीचको बिजेतासँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ। इन्टर मिलना र शख्तर डोनेस्कबीचको सेमिफाइनल खेल आज राति हुँदैछ । 
 

प्रकाशित मिति: ०७:०७ बजे, सोमबार, भदौ १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्