क्यान्सरको उपचार गर्न अभिनेता संजय दत्त अमेरिका जाँदै
काठमाडौं, साउन ३२ : बलिउड अभिनेता संजय दत्त क्यान्सरको उपचारका लागि अमेरिका जाने भएका छन्। त्यसअघि उनि मुम्बईको कोकिलाबेन अस्पताल पुगेका छन्।
<....
काठमाडौं, साउन ३२ : बलिउड अभिनेता संजय दत्त क्यान्सरको उपचारका लागि अमेरिका जाने भएका छन्। त्यसअघि उनि मुम्बईको कोकिलाबेन अस्पताल पुगेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। यो चौथो स्टेजमा पुगेको जनाएको छ। अघिल्लो साता उनलाई क्यान्सर भएको पत्ता लागेको थियो।
श्वासप्रश्वासमा समस्या भएपछि उनी लिलावती अस्पताल भर्ना भएका थिए। स्वास्थ्य परीक्षण गर्दा फोक्सोको क्यान्सर देखिएको थियो। त्यसको उपचारका लागि उनी छिट्टै अमेरिका जाने तयारीमा रहेको भारतीय मिडियाले जनाएका छन्।
त्यसअघि उनी कोकिलाबेन अस्पताल पुगेका हुन्। उनी आफ्नी बहिनी प्रिया दत्तासँगै अस्पताल गएका हुन्।
अहिले उनको फिल्म सडक २ आउँदै छ। त्यसको केही काम बाँकी रहेको जनाएको छ। त्यो काम सकेर उनी अमेरिका जाने जनाएको छ।
योसँगै उनको फिल्म शमशेरा, भुजु, केजीएफ, पृथ्वीराज र तोरबाज लाइनमा छन्। उनी पछिल्लो पटक आशुतोष गोवारिकरको निर्देशन रहेको फिल्म पानीपतमा देखिएका थिए।












