चैतमै यस्तो, वर्षामा के होला!
काठमाडौं, चैत १२ : हिउँद राम्ररी निख्रिएको छैन। वर्षा लाग्न निकै समय बाँकी छ। तर, काठमाडौं उपत्यकाका धेरै ठाउँहरू अलिकति पानी पर्दा पनि हिल....

काठमाडौं, चैत १२ : हिउँद राम्ररी निख्रिएको छैन। वर्षा लाग्न निकै समय बाँकी छ। तर, काठमाडौं उपत्यकाका धेरै ठाउँहरू अलिकति पानी पर्दा पनि हिलाम्मे हुन्छन्। त्यसमध्ये एक हो – टेकु पुल।
टेकु पुलमुनि प्रायः सधैं हिलोमैलो पानी जमेकै हुन्छ। पैदलयात्री, मोटर र मोटरसाइकलहरू तर्किदै हिँडिरहेका हुन्छन्। अलि झरी पर्यो भने त यो पुलमुनि हिँड्नै सकिँदैन। मंगलबार साँझ पानी पर्दा त्यस्तै भयो। नाइटिंगेल स्कुलको बसलाई पुलमुनि बाटो काट्न हम्मे पर्यो । साना गाडीहरू फसे। मोटरसाइकल पास हुने त कुरै भएन।


प्रकाशित मिति: १९:४९ बजे, मंगलबार, चैत १२, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार












