Kathmandu Press

लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा, म्यान्चेस्टर सिटी बाहिरियो

काठमाडौ, साउन ३० : म्यान्चेष्टर सिटीलाई हराउदै लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। लिस्बनमा भएको क्वाटरफाइनलको अन्तिम खेलमा लियोनले म....

लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा, म्यान्चेस्टर सिटी बाहिरियो

काठमाडौ, साउन ३० : म्यान्चेष्टर सिटीलाई हराउदै लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। लिस्बनमा भएको क्वाटरफाइनलको अन्तिम खेलमा लियोनले म्यान्चेष्टर सिटीलाई  ३–१ ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । 

लियोनको जितका लागि मौसा डेम्बेलेले २ र म्याकसवेल कर्नेटले १ गोल गरे।  सिटीका लागि केभिन डे ब्रुएनले एक गोल फर्काए । यो सँगै युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ।

यस सिजनको सेमिफाइनलमा दुई फ्रेन्च टिम पिएसजी र लियोन पुगेका छन् भने दुई जर्मनी क्लब बायर्न म्युनिख र आरबी लेइपजिंग सेमीफाइनलमा पुगेका हुन्। अब सेमिफाइनलमा पिएसजीले आरबि लेइपजिंगको सामना गर्ने छ भने बायर्न म्युनिखले लियोनको सामना गर्ने भएको छ।

त्यस्तै सेमिफाइनलमा पुगेका टिम मध्ये बायर्न बाहेक अन्य तीन टिमले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जितेका छैनन्। बायर्नले भने अहिलेसम्म ५ पटक च्याम्पियन्स लिग जितेको छ। पछिल्लो पटक बायर्नले २०१३ मा यो उपाधि जितेको थियो।

प्रकाशित मिति: ०६:५४ बजे, आइतबार, साउन ३२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्