Kathmandu Press

खोप दर्ताको समाचारझैं रूसी राष्ट्रपति पुटिनको मिम पनि भाइरल

काठमाडौं, साउन ३१ : रुसले कोभिड-१९ विरुद्धको खोप दर्ता गरेको समाचार जसरी भाइर भयो। त्यसरी नै राष्ट्रपति भ्लादिमिर पुटिनको मिम अहिले भाइरल भइरहेको....

खोप दर्ताको समाचारझैं रूसी राष्ट्रपति पुटिनको मिम पनि भाइरल

काठमाडौं, साउन ३१ : रुसले कोभिड-१९ विरुद्धको खोप दर्ता गरेको समाचार जसरी भाइर भयो। त्यसरी नै राष्ट्रपति भ्लादिमिर पुटिनको मिम अहिले भाइरल भइरहेको छ। 

खोप पिठ्युँमा बोकेर भालुमा सवार भएको उनको तस्वीर भाइरल भएको हो। त्यस तस्वीर सामाजिक सञ्जालमा पोष्ट भएसँगै पुटिनलाई सुपरहिरो, स्पाइडर म्यान, आइरनम्यान लगायतका टाइटलसहितका प्रतिक्रिया वर्षा भएको छ। 

रूसी राष्ट्रपति पुटिनले सामाजिक सञ्जाल प्रयोगमा पूर्णरुपमा निषेध गरेको बताइन्छ। तर, उनको फेक एकाउन्टबाट पोष्ट भएको सन्देशलाई मानिसहरुले पुटिनको आधिकारिक सन्देशका रुपमा लिइरहेको देखिएको छ। त्यो पोष्ट २ लाखभन्दा बढी शेयर भएको छ। त्यो पोष्टमा भनिएको छ-'मास्क र आइसोलेसनको युग अब छिट्टै समाप्ति हुँदैछ किनकि रुसले खोप निर्माण गरेको छ।'

Hardik ivf

दोस्रो चरणको परीक्षणको नतिजाको आधारमा खोप दर्ता हुन मानव स्वास्थ्यका दृष्टिकोणबाट खतरापूर्ण रहेको भन्दै विश्वस्वास्थ्य संगठनले पनि रुसलाई खोप दर्ता अघिका सम्पूर्ण मापदण्डका पालना गर्न ध्यानाकर्षण गराइसकेको छ। 

खोपको विषयमा पहिले दाबी प्रस्तुत गर्ने रुसी शैली निकै पुरानो भएको जानकारहरुको भनाइ छ।  सन्  १९४७ देखि १९७१ सम्मको शीतयुद्धका बेला पनि रुसले खोपमा सुरुवातमै दाबी पेश गर्ने गरेको त्यसबेलाका उपचारमा संलग्न चिकित्सक डोरा अर्घाको भनाइ छ। रुसको कोभिडविरुद्धको दाबीबारे उनले भनेका छन्, 'खोपबारे रुसी दाबी विगतको झैँ अतिशयायुक्त हुनसक्छ।'

अर्घाका अनुसार विगतमा कोलेरा देखिँदा पनि रुसले खोपमा दाबी गरेको थियो। तर त्यस खोपको आविष्कार भने फ्रान्सका वैज्ञानिक लुइस पास्चरले गरेका थिए। पछि सन् १८८५ मा स्पेनका चिकित्सक जेमी फेरानले कोलेराविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्ने खोप तयार गरेका थिए।

यस्तै, सन् १९५५ मा  अमेरिकी भाइरोलोजिष्ट जोनास सल्कले पोलियोविरुद्ध खोपको तयार गरेका थिए। त्यो पोलियो खोप पनि अमेरिका र रुसको संयुक्त निर्माण भएको दाबी गर्न रुस पछि परेन। 'त्यो रुसी वा अमेरिकनभन्दा पनि रुसका मिखाइल चुखोभ र अमेरिकी अल्बर्ट साबिनको दिमागको उपज थियो। त्यसको सम्पूर्ण जसको हकदार यी दुई चिकित्सक हुन् अमेरिका र रुस दुवै होइनन्,'' चिकित्सक अर्घाले बीबीसीसँग भनेका छन्।
 

प्रकाशित मिति: १७:४९ बजे, शनिबार, साउन ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्