Kathmandu Press

च्याम्पियन्स लिगमा बार्यनसँग बार्सिलोनाको लज्जास्पद हार 

काठमाडौं, साउन ३० : च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब बार्यन म्युनिखसँग लज्जास्पद  हार ब्यहोरेको छ।

पो....

च्याम्पियन्स लिगमा बार्यनसँग बार्सिलोनाको लज्जास्पद हार 

काठमाडौं, साउन ३० : च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब बार्यन म्युनिखसँग लज्जास्पद  हार ब्यहोरेको छ।

पोर्चुगलको लिस्बनमा शुक्रबार राति भएको खेलमा बार्सिलोना बायर्न म्युनिखसँग अप्रत्याशित रुपमा ८–२ गोलको फराकिलो अन्तरले पराजित भएको हो।  बायर्नको सानदार जितमा फिलिपे काउटिन्हो र थोमस मुलरले २–२ गोल गर्दा, इभान पेरेसिच, सर्जी गनाब्री, रोबर्ट लेवान्डोस्की र जेसुवा किमिचले समान १-१ गोल गरे।

बार्सिलोनाका लागि लुइस सुआरेजले एक गोल गरे भने अर्को गोल डभिड अलवाले आत्मघाती गरे। बायर्नले चौथो मिनेटमै मुलरको गोलमा अग्रता लियो। त्यसको ३ मिनेटपछि नै बार्सिलोनाले खेललाई बराबरीमा ल्यायो। जुर्डी अल्बाको क्रस रोक्नमा अवलाले आफ्नै पोस्टमा गोल गरेपछि खेल बराबरीमा आयो।

२७ औं मिनेटमा पेरेसिचले गोल गर्दै बायर्नलाई पुनः अग्रता दिलाए भने ३७ औं मिनेटमा गनाब्रीले गोल गर्दै बायर्नलाई ३–१को सहज अवस्थामा ल्याए । ३१औं मिनेटमा मुलरले पुनः गोल गरेपछि बायर्नले ४–१ को अग्रता लियो। 

५७औं मिनेटमा एन्टोइन ग्रिजम्यानको पासमा सुआरेजले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे। तर, ६३ औं मिनेटमा अल्फान्सो डेविसको पासमा किमिचले गोल गरेपछि बार्यनले खेलमा ५–१ को अग्रता बनायो। 

सब्टिच्यूट खेलाडी काउटिन्होको उत्कृष्ट पसामा लेवान्डोस्कीले हेडिङमा गोल गर्दै बायर्नलाई ६–१ को अवस्थामा ल्याए। त्यसपछिका दुवै गोल काउटिन्होको नाममा रह्यो। उनले ८५ र ८९ औं मिनेटमा गोल गरेका थिए। काउटिन्हो बार्सिालेनाकै खेलाडी हुन्। उनी लोनमा बायर्नमा आएका हुन्।

यो हार बार्सिलोनाको च्याम्यिन्स लिगमा सबैभन्दा फराकिलो हार हो। यस्तै, समग्रमा ८० वर्षपछिको सर्वाधिक ठूलो हार हो। सन् १९४० मा बार्सिलोना ला लिगामा सेभियासँग ११–१ ले पराजित भएको थियो।

प्रकाशित मिति: ०८:२९ बजे, शनिबार, साउन ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्