Kathmandu Press

कलाकार दीपकराज गिरी भन्छन्, ‘भाइरल र भाइरसबाट बचौं’

काठमाडौं, साउन ३ : कलाकार दीपकराज गिरीले अहिलेको अवस्थामा भाइरल र भाइरसबाट बच्न कलाकारलाई आग्रह गरेका छन्।

पछिल्लो समय कलाकारहरु सामाजिक सञ्....

कलाकार दीपकराज गिरी भन्छन्, ‘भाइरल र भाइरसबाट बचौं’

काठमाडौं, साउन ३ : कलाकार दीपकराज गिरीले अहिलेको अवस्थामा भाइरल र भाइरसबाट बच्न कलाकारलाई आग्रह गरेका छन्।

पछिल्लो समय कलाकारहरु सामाजिक सञ्जालमा अभिव्यक्ति राख्दा र अन्तर्वार्तामा सोधिएको प्रश्नका कारण ट्रोल बनिरहेका छन्। नेपाली कलाकारहरुले बोल्न नजाने भन्दै सामाजिक सञ्जालमा भाइरल बनाउने गरिएकाे छ। यसैलाई ध्यानमा राखेर गिरी कलाकारलाई भाइरल र भाइरसबाट बच्न आग्रह गरेका हुन्।

Hardik ivf

उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै हरेक दिन कोरोना भाइरससँगै सामाजिक सञ्जालमा हुने भाइरलको डर लाग्न थालेको बताएका छन्। उनले नेपाली कलाकारलाई पहिले र अहिले समाजले हेर्ने दृष्टिकोण नै परिवर्तन भएको उल्लेख गर्दै सचेत हुनुपर्ने सुझाव दिएका छन्।

पत्रकारलाई अन्तर्वार्ता दिन पनि डराउन’ पर्ने अवस्था आएको उनकाे भनाइ छ। ‘पहिला पहिला पत्रकार साथीहरूले कलाकारले बोलेको नराम्रो लाग्ने कुरा आफैले काटिदिन्थे। तर आजकल कलाकार चिप्लेको कुरा हाम्ले किन मिलाइ मिलाइ काटिदिनु पर्ने? भन्ने दिन आयो,’ उनले भनेका छन्, ‘एकै क्षेत्रको भएको नाताले हामीमध्ये जो नाङगिएपनि औंला चाहि हामी दुबैतिर उठ्छ है।’

उनले यस्तो अवस्थामा कोरानो भाइरस र सामाजिक सञ्जालमा हुने भाइरलबाट बच्नुपर्ने बताएका छन्। कलाकार गिरीले भनेका छन्, ‘अहिलेको स्थितिमा भाइरल र भाइरस दुबैबाट बचौं!!!’

प्रकाशित मिति: १२:४२ बजे, शुक्रबार, साउन ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्