Kathmandu Press

सामान्य प्रतिरोध क्षेत्रमा संघर्ष गर्दै बजार, के होला भोलि?

काठमाडौं, चैत १२ : लगातार ४ दिनसम्म निरन्तर घटेर हिजाे साेमबार बढ्न पुगेकाे सेयर बजारमा आज मंगलबार पनि सामान्य बृद्धि भएकाे छ । आज साताको तेश्रो&....

सामान्य प्रतिरोध क्षेत्रमा संघर्ष गर्दै बजार, के होला भोलि?

काठमाडौं, चैत १२ : लगातार ४ दिनसम्म निरन्तर घटेर हिजाे साेमबार बढ्न पुगेकाे सेयर बजारमा आज मंगलबार पनि सामान्य बृद्धि भएकाे छ । आज साताको तेश्रो कारोबार दिन नेप्से परिसूचक २ दशमलव ०७ ले बढेर ११४० दशमलव ७२ को बिन्दुमा पुगेको छ । आज दोश्रो बजार परिसूचक ० दशमलव १८ प्रतिशतले वृद्धि भएको हो।

आज बजार ११३८ दशमलव ६७ को बिन्दुमा खुलेको थियो भने ११४१ दशमलव १९ को उच्च बिन्दुसम्म पुगेको थियो । आज बजारको न्यून विन्दु ११३६ दशमलव २० थियो । आज दिनभर २१ करोड ५१ लाख बराबरको सेयर किनबेच भएको छ । हिजो कारोबार रकम २४ करोड २७ लाख थियो । कारोवार रकम भने अघिल्लो दिन सोमबारको तुलनामा घटेको छ। 

आज मंगलबार नै नेप्से परिसरमा ३२ बुँदे मागसहित अनशन बस्न थालेका लगानीकर्ता दबाब समूहका केही नेताहरुलाई प्रहरीले नियन्त्रण गर्दै महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ । 
     
प्राथमिक बजार गतिविधि 
प्रति इकाई एक हजार रुपैयाँमा सनराईज बैंकले यही चैत २० गतेदेखि चैत २५ गतेसम्म १० लाख इकाई ऋण पत्र निष्काशन गर्दैछ । १० लाख इकाईमध्य ४ लाख इकाई सर्वसाधारण (म्युचल फण्ड) का लागि  छुट्टाएको छ।

Hardik ivf

ऋणपत्रमा वार्षिक १० प्रतिशत व्याज पाइनेछ भने ५ वर्षमा  ऋण पत्र परिपक्व हुँदैछ । ऋणपत्रमा न्यूनतम २५ कित्ता आवेदन दिन सकिनेछ।

हिमालय उर्जा विकास कम्पनीले चैत २० गतेदेखि चैत २५ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएको छ । लगानीकर्ताले चैत २५ गतेसम्म सबै सेयरमा आवेदन नदिए बैशाख १९ गतेसम्म समय थपिनेछ । इक्रा नेपालले  ग्रेड ४ रेटिङ दिएको छ । आइपीओमा न्यूनतम ५० कित्तादेखि आवेदन दिन सकिने छ भने अधिकतम ६ हजार ५०० कित्तासम्म आवेदन दिन सकिनेछ।

आज सर्वाधिक कारोवार हुने 
आज सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको प्रमोटर सेयर किनबेच भएको छ ।  नेपाल बंगलादेश बैंकको १ करोड ५८ लाख बराबरको प्रमोटर शेयर किनेबेच भएको हाे। 

आज सर्वाधिक कमाउने र गुमाउने
आज नेपाल सेवा लघुवित्तका शेयरधनीले सर्वाधिक ५ प्रतिशतले कमाए भने युनिभर्सल पावर कम्पनी लिमिटेडका शेयरधनीले सर्वाधिक ९ दशमलव ८७ प्रतिशत गुमाए।

आज नेप्सेमा आएको घोषणाहरु

  •  नेपाल रास्ट्र बैंकबाट ख वर्गको इजाजत प्राप्त ज्योति विकास बैंकले १३ लाख ४४ हजार ५ सय ३१ कित्ता संस्थापक सेयरलाई साधारण सेयरमा परिवर्तन गरेको छ । परिवर्तनसँगै अब ज्योति विकास बैंकमा सस्थापक सेयरको हिस्सा ५५ प्रतिशत छ भने साधारण सेयरको हिस्सा ४५ प्रतिशत पुगेको छ । ठूलो मात्रामा संस्थापक सेयर साधारण सेयरमा परिवर्तन हुँदा बजारमा आपूर्ति वृद्धि हुने देखिन्छ।
  • मर्जर हुने विशेष प्रस्ताव पारित गर्न र स्वाप रेसियोमा छलफल गर्ने  उद्देश्यले काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले चैत २७ गते विशेष साधारण सभा बोलाएका छन्।

नेप्से इतिहास 

कारोबार इतिहास

प्राविधिक बिश्लेषण :
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति 

चित्र नं १ दैनिक मैनबत्तीमा देखिए बमोजिम १२ चैत २०७५मा बजार १ हजार १ सय ४० दशमलब ७२मा बन्द भएको छ। 

हिजोको अन्तिम अंकभन्दा माथि नै बजार बन्द भएको छ । आजको मैनबत्तीले हिजोभन्दा आज क्रेताको चाप रहेको संकेत गरेको छ। 

५ र २० दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजहरुले खासै क्रेता र बिक्रेताको चापमा केही फरक नभएको संकेत गरेको छ।

चित्रनं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा देखिए बमाेजिम आजको कारोबारमा पनि उतारचढाव कस्तो रह्यो भनी हेर्न ५ मिनेट समयावधिको मैनबत्ती नै प्रयोग गरिएको छ । हिजो र आजको प्रवृत्तिलाई हेर्ने हो भने, आज बजार केही अंकले झरे पनि १ हजार १ सय ३६ मा टेवा प्राप्त गरी पुनः केही अंकले बढेको छ । नेप्सेको प्रवृत्ति हाल आएर च्यानलभित्र उतारचढाव भइरहेको देखिन्छ र हिजोको १ हजार १ सय ४० को सामान्य प्रतिरोधलाई निश्चित रुपमा तोड्न असफल रहेको देखिन्छ।

रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६४ अंकमा रहेको छ । यसले बजार सकारात्मक क्षेत्रमा भएको संकेत गरेको छ।

स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा क्रेताहरुको चाप भएकोे संकेत गरेको छ।

भल्यूम अक्सिलेटरले खरिदकर्ताहरुको चाप निश्चित रुपमा बढी हालेको संकेत गरेको छैन।

निष्कर्ष

माथिको छोटो समयका नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजारलाई समग्र रुपमा हेर्ने हो भने बजार बढेमा तत्कालीन प्रतिरोध १ हजार १ सय ४२मा रहेको देखिन्छ र योभन्दा माथि बजार स्थिर रहन सके बजार अझ केही सकारात्मक हुन सक्ने देखिए पनि अर्को सामान्य प्रतिरोध क्षेत्र १ हजार १ सय ५०मा रहेको देखिन्छ । त्यस्तै, बजार तत्कालीन सामान्य टेवा १ हजार १ सय ३६ भन्दा तल रहे बजार केही सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालीन टेवा १ हजार १ सय २५ देखि १ हजार १ सय ३० मा रहेको देखिन्छ।
 

सन्तोष सिंह लिङ्देन र सन्तोष राज बजगाईं सेयर बजार विश्लेषक हुन् । काठमाडौं प्रेसले हरेक साँझ (कारोबार भएको दिन मात्रै) दैनिक र हरेक सप्ताहन्त साप्ताहिक सेयर बजार समीक्षा प्रकाशित गर्नेछ । –सम्पादक 
 

प्रकाशित मिति: १८:११ बजे, मंगलबार, चैत १२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्