Kathmandu Press

राष्ट्रिय फुटबल खेलाडीसहित ५३ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ

काठमाडौं,  साउन २९ : विश्वकप फुटबल छनोट तथा एशियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका खेलाडी र अधिकृतसहित ५४ जनाको पीसीआर परीक्षण गराएकामा....

राष्ट्रिय फुटबल खेलाडीसहित ५३ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ
फाइल

काठमाडौं,  साउन २९ : विश्वकप फुटबल छनोट तथा एशियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका खेलाडी र अधिकृतसहित ५४ जनाको पीसीआर परीक्षण गराएकामा ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ। एक जनाको पुनः पीसीआर परीक्षण गरिने भएको छ। 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार ११ खेलाडीसहित २५ जनाको तथा मङ्गलबार २८ जनाको स्वाब परीक्षण गराएको थियो। एन्फा प्रवक्ता किरण राईका अनुसार पीसीआर परीक्षण गराउनेमा ३४ खेलाडी, आठ अधिकृत र १२ कर्मचारी थिए। एन्फाले आगामी भदौ १ देखि विश्वकप फुटबल छनोट प्रतियोगिताका लागि खेलाडी, अधिकृत र कर्मचारीको कोरोना परीक्षण गराएको हो। 

विश्व फुटबल महासङ्घ (फिफा) ले भने सन् २०२० मा विश्वकप छनोट प्रतियोगिताका बाँकी कुनै पनि खेल नखेलाउने निर्णय गरेको छ। फिफाको उक्त निर्णयसँगै हाललाई नेपाली फुटबल टोलीको प्रशिक्षण एन्फाले स्थगन गरेको छ। दोस्रो चरणको विश्वकप छनोटअन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी थियो। नेपालले खेल्न बाँकी रहेका चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसितको खेल नेपालमै खेलाउने तयारी गरिएको थियो। हाललाई एन्फाको बन्द प्रशिक्षण रोकिएको छ। 

सन् २०२२ मा कतारमा विश्वकप तथा सन् २०२३ मा चीनमा एशियन कपको छनोटका लागि नेपालले प्रशिक्षण गर्न तयारी गरेको थियो। हालसम्म नेपालको पाँच खेलबाट तीन अङ्क छ। चाइनिज ताइपेइलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ। यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया छ। रासस

प्रकाशित मिति: १९:३५ बजे, बिहीबार, साउन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्