Kathmandu Press

माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट

काठमाडौं, साउन २९ : माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पटक विइ च्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ। 

माछापुच्छ्रे  बैंकले नेप....

माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट

काठमाडौं, साउन २९ : माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पटक विइ च्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ। 

माछापुच्छ्रे  बैंकले नेपालमा आउने चिनियाँ पर्यटकहरुलाई लक्षित गर्दै विइ च्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सुरु गरेको हो। अबदेखि नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकमा आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिख गरेबापत भुक्तानी गर्नु पर्ने रकम क्यूआर कोड स्क्यान गरी विइ च्याट वालेटबाट भुक्तानी गर्न सक्नेछन्।
 
माछापुच्छ्रे बैंकले फष्ट पे टेक्नोलोजी प्रालीसँगको सहकार्यमा विइ च्याट वालेट सञ्चालनमा ल्याएको हो।

प्रकाशित मिति: १९:१४ बजे, बिहीबार, साउन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्