एनआईसीको क्रेडिट कार्डमार्फत शून्य प्रतिशत ब्याजमा इलेक्ट्रोनिक सामान किन्न सकिने
काठमाडौं, साउन २९ : एनआईसी एशिया बैंकले आफ्नो क्रेडिट कार्ड प्रयोगकर्ताहरुका लागि शून्य प्रतिशत व्याजदरमा विभिन्न इलेक्ट्रोनिक सामानहरु खरिद गर्न सकिन....

काठमाडौं, साउन २९ : एनआईसी एशिया बैंकले आफ्नो क्रेडिट कार्ड प्रयोगकर्ताहरुका लागि शून्य प्रतिशत व्याजदरमा विभिन्न इलेक्ट्रोनिक सामानहरु खरिद गर्न सकिने योजना ल्याएको छ।
योजना अन्तर्गत ग्राहकले क्रेडिट कार्ड प्रयोग गरी इलेक्ट्रोनिक सामग्री खरिद गर्दा शून्य प्रतिशत व्याजदरमा खरिद गरी किस्ताबन्दी खरिद रकम बैंकलाई भुक्तानी गर्ने व्यवस्था गरेको छ।
बैंकले विभिन्न १६ वटा मर्चेन्टहरुसँग क्रेडिट कार्डमार्फत सामाग्री खरिद गर्ने ग्राहकहरुलाई शून्य प्रतिशत व्याजदरको सहुलियत दिन समझदारी गरेको छ। यो योजना अन्तरर्गत ग्राहकले फ्रिज, टिभी, वासिङ मेसिन, इलेक्ट्रोनिक स्कुटर, ल्यापटप, आइफोन, अइप्याडलगायतका सामग्रीहरु खरिद गर्न सक्नेछन्।
साथै ग्राहकले न्यूनतम ३० हजार रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्म उपभोग्य इलेक्ट्रोनिक सामग्री खरिद गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ। ग्राहकले यो योजना अन्तर्गत रहेर सामग्री खरिद गर्दा तीन महिनादेखि एक वर्षभित्र किस्ताबन्दी तिर्नु पर्ने व्यवस्था गरेको छ।










-1754206481.jpg)
