Kathmandu Press

एनसेलले ल्यायो ‘अल्ट्रा वाइफाइ सिम प्लस’

काठमाडौं, साउन २९ : एनसेल कम्पनीले नयाँ थिम ‘प्लस’ अन्तर्गत‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको छ।

एनसेलको यो सेवा....

एनसेलले ल्यायो ‘अल्ट्रा वाइफाइ सिम प्लस’

काठमाडौं, साउन २९ : एनसेल कम्पनीले नयाँ थिम ‘प्लस’ अन्तर्गत‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको छ।

एनसेलको यो सेवाबाट उपभोक्ताहरुले सिमबाटै घर तथा अफिस प्रयोजनका लागि झन्झट रहित र सुलभ वाइफाइ सेवा प्राप्त गर्न सक्नेछन्। यो सेवा फोरजी विस्तार गरिएका सबै ठाउँहरुमा उपलब्ध रहेको एनसेलले जनाएको छ। 

Hardik ivf

‘अल्ट्रा वाइफाइ सिम प्लस’ मासिक ४० जीबी डेटा भोलुम बन्डलसहितको सिम हो। जसमा डाटा बाहेक ग्राहकले दुई वटा सिम पाउनेछन्। प्रत्येक महिना डाटा, अननेट टक टाइम र डिजिटल कन्टेनबन्डल सेवाका रुपमा पाउने व्यवस्था गरिएको छ।

कम्पनीले वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई सम्बोधन गर्न देशै भर विस्तार गरिएको फोरजी नेटवर्कमा रहेका उपभोक्ताहरुलाई लक्षित गर्दै यो सेवा ल्याएको एनसेलले जनाएको छ। 

ग्राहकले यस योजना अन्तर्गत पाइने सिम कार्डलाई आफ्नो मोबाइल ह्याण्डसेट अथवा कुनै पनि फोरजीसर्पोट गर्ने डिभाइस, मीफी डिभाइस वायरलेस डिभाइसमा यो सिम राखि डेटाकनेक्टिभिटी र वाइफाइ हटस्पटको फाइदा लिन सक्छन्। यो योजना अन्तर्गत वार्षीक शुल्क कर बाहेक मासिक ४३० रुपैयाँ रहेको छ।

प्रकाशित मिति: १८:४६ बजे, बिहीबार, साउन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्