Kathmandu Press

कमेडी च्याम्पियन विजेता हिमेशले पाए कार

काठमाडौं, साउन २९ : रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले कार पाएका छन्।

गत सिजनका विजेता उनलाई उपहारस्वरुप कार प्रदान गरिएको ह....

कमेडी च्याम्पियन विजेता हिमेशले पाए कार

काठमाडौं, साउन २९ : रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले कार पाएका छन्।

गत सिजनका विजेता उनलाई उपहारस्वरुप कार प्रदान गरिएको हो। उनी  सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै विजेता बनेका थिए।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी र कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीले उनलाई कार हस्तान्तरण गरेका छन्।

विजेता बनेको ६ महिनापछि उनले कार पाएका हुन्। उनले पाएको कारको मूल्य २५ लाख रुपैयाँ पर्ने आयोजकले जनाएका छन्।

अब केही समयमै कमेडी च्याम्पियनको दोस्रो सिजन सुरु हुने जनाएको छ।

दोस्रो सिजनमा पनि सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक रहनेछन्। त्यस्तै, कार्यक्रमको सञ्चालन पनि अभिनेत्री रीमा विश्वकर्माले नै गर्ने जनाएको छ।

 

प्रकाशित मिति: ११:४२ बजे, बिहीबार, साउन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्