Kathmandu Press

सुनको मूल्य फेरि बृद्धि, एकै दिन २४ सय बढ्यो

काठमाडौं, साउन २९ : सुनको मूल्य बिहीबार फेरि बृद्धि भएको छ। बुधबार ६ हजारले घटेको सुनको मूल्य बिहीबार दुई हजार चार सयले बढेको हो।

नेपाल सुनच....

सुनको मूल्य फेरि बृद्धि, एकै दिन २४ सय बढ्यो

काठमाडौं, साउन २९ : सुनको मूल्य बिहीबार फेरि बृद्धि भएको छ। बुधबार ६ हजारले घटेको सुनको मूल्य बिहीबार दुई हजार चार सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रति तोला ९७ हजार आठ सय पुगेको छ। बुधबार प्रति ताला ९५ हजार चार सयमा कारोबार भउको थियो।

त्यस्तै, तेजावी सुन प्रति तोला ९७ हजार तीन सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।

बिहीबार चाँदीको मूल्य पनि बृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ९५ पुगेको छ। बुधबार प्रति तोला एक हजार दुई सय १० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: ११:२९ बजे, बिहीबार, साउन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्