च्याम्पियन्स लिगको सेमिफाइनलमा पीएसजी
काठमाडौं, साउन २९ : पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गए राति भएको खेलमा एटलान्टालाई २ १ ले ह....

काठमाडौं, साउन २९ : पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गए राति भएको खेलमा एटलान्टालाई २ १ ले हराउँदै पीएसजी अन्तिम चारमा प्रवेश गरेको हो । एटलान्टाका पासालिगले खेलको २६ औं मिनेटमै गोल गरेर अग्रता दिलाए पनि हार टार्न सकेन ।
खेलको ९० र थप गरिएको ३ मिनेटमा पीएसजीका मार्किन्होस र चाउपो मोटिङले गोल गरेर खेल आफ्नो पक्षमा पारे । यो सँगै पीएसजी २५ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पीएसजीले फाइनल प्रवेशका लागि आगामी मंगलबार एट्लेटिको मड्रिड र आरबी लेइपजिंगबीचको विजेतासँग खेल्नेछ।
प्रकाशित मिति: ०७:०९ बजे, बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











