Kathmandu Press

बलिउड अभिनेता संजय दत्तलाई फोक्सोकाे क्यान्सर

काठमाडौं, साउन २८ : बलिउड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। फोक्सोको क्यान्सर तेस्रो या चौथो चरणमा पुगेको जनाएको छ।

श्वासप्रश्व....

बलिउड अभिनेता संजय दत्तलाई फोक्सोकाे क्यान्सर
एजेन्सी

काठमाडौं, साउन २८ : बलिउड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। फोक्सोको क्यान्सर तेस्रो या चौथो चरणमा पुगेको जनाएको छ।

श्वासप्रश्वासमा समस्या भएपछि संजय दत्त लिलावती अस्पताल भर्ना भएका थिए। उनको कोरोना परीक्षण गरिएको थियो। कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका थिए।

तर, उनलाई फोक्सो क्यान्सर भएको पत्ता लागेको छ। लिलावती अस्पताल स्रोतका अनुसार संजय दत्तलाई फोक्सोको क्यान्सर तेस्रो वा चौथो चरणमा पुगेको छ। यस विषयमा उनको परिवारले कुनै जानकारी दिएको छैन

Hardik ivf

उनी श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार अस्पताल पुगेका थिए । अस्पताल भर्ना हुँदा उनको अक्सिजन स्तर ९०–९२ प्रतिशतको बीचमा रहेको थियो।

उनको तत्कालै कोरोना परीक्षण गरिएको थियो। अस्पताल स्रोतका अनुसार कोरोना संक्रमण नदेखिएपछि सोमबार डिस्चार्ज गरिएको थियो। तर, उनको छातीमा तरल पदार्थ  विकसित भएको बताइएको थियो। त्यसैले उनले मंगलबार उपचारको लागि कामबाट छोटो समय ब्रेक लिएको घोषणा गरेका थिए।

उनको घोषणाले पनि गम्भीर बिरामी भएको पुष्टि गरेको भारतीय मिडियाले जनाएका छन्। उनको उपचारमा संलग्न चिकित्सकले भने बोल्न अस्वीकार गरेका छन्। डा.जलील पार्करले बिरामीको गोपनीयता राखिएको भन्दै यस विषयमा प्रतिक्रिया दिन नमानेको भारतीय मिडियाले जनाएको छ ।

उनले मंगलबार ट्वीटमा भनेका थिए, ‘साथीहरु, म केहि चिकित्सा उपचारको लागि कामबाट छोटो ब्रेक लिदै छु। मेरा परिवार अनि साथी मेरो साथमा छन्। म आफ्नो शुभचिन्तकलाई आग्रह गर्छु कि चिन्ता नगर्नुस्। अनावश्यक रुपमा अटकल न नलगाउनुस। तपाईको प्रेम र शुभकामनाको साथ म चाँडै नै फर्किएर आउंछु।’

संजयलाई क्यान्सर भएको थाहा पाएपनि उनका फ्यान तथा शुभचिन्तकहरुले शीघ्र स्वास्थ्यलाभको कामना गर्न थालेका छन्।

 

प्रकाशित मिति: १२:३९ बजे, बुधबार, साउन २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्