Kathmandu Press

एक लाख ६ सयबाट ९५ हजार ४ सयमा झर्‍यो सुनको मूल्य

काठमाडौं, साउन २८ : सुनको मूल्य एकाएक ओरालो लागेको छ। बुधबार ६ हजार दुई सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार....

एक लाख ६ सयबाट ९५ हजार ४ सयमा झर्‍यो सुनको मूल्य

काठमाडौं, साउन २८ : सुनको मूल्य एकाएक ओरालो लागेको छ। बुधबार ६ हजार दुई सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य घटेर प्रतितोला ९५ हजार चार सय पुगेको छ। जबकि मंगलबार एक लाख ६ सयमा रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि दुई सय २५ रुपैयाँ घटेको छ। बुधबार चाँदी प्रतितोला एक हजार दुई सय १० रुपैयाँ पुगेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक हजार चार सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ। जसले गर्दा नेपालमा पनि एकाएक घटेको महासंघले जनाएको छ।

प्रकाशित मिति: ११:३४ बजे, बुधबार, साउन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्