Kathmandu Press

युरोपा लिग : अन्तिम चारमा सख्तर डोनेक्स र सेभिल्ला 

काठमाडौं, साउन २८ : युरोपा लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। मंगलबार राति भएका दुई खेलमा सख्तर डोनेक्स र सेभिल्ला सेमिफाइनलमा प्रवेश गरे ।&nbs....

युरोपा लिग : अन्तिम चारमा सख्तर डोनेक्स र सेभिल्ला 

काठमाडौं, साउन २८ : युरोपा लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। मंगलबार राति भएका दुई खेलमा सख्तर डोनेक्स र सेभिल्ला सेमिफाइनलमा प्रवेश गरे । 

गएराति जर्मनीमा भएको खेलमा सख्तरले बसेलमाथि ४–१ को सहज जित निकाल्यो । सख्तरका जुनिएर मोराइसले खेलको दोस्रो मिनेटमा नै टोलीलाई १–० को अग्रता दिलाए।  टाइसनले २२ औँ मिनेटमा अग्रता दोब्बर बनाए।  खेलको ७४ औँ मिनेटमा एलन प्याट्रिकले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई जिततर्फ अगाडी बढाए। र डोमिल्सन कोरडिएरो डोस सान्तोसले ८८ औँ मिनेटमा गोल गर्दै शख्तरको फराकिलो जित पक्का गरे।  

यस्तै गएराति नै भएको अर्को खेलमा उल्भसलाई १–० ले पराजित गर्दै सेभिल्ला पनि सेमिफाइनलमा प्रवेश गरेको छ।   सेभिल्लाको जितमा खेलको ८८ औँ मिनेटमा लुकास ओकाम्पसले गरेको गोल नै निर्णयक बन्यो।  अब सेमिफाइनलमा सेभिल्लाले म्यानचेष्टर युनाइटेडसँग र सख्तर इन्टरमिलनसँग भिड्ने छ ।
 

प्रकाशित मिति: ०७:२२ बजे, बुधबार, साउन २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्