Kathmandu Press

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण अन्योलमा, एन्फा भन्छ- प्रशिक्षण स्थगित भएको छैन

काठमाडौं, साउन २७ : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण अन्योलमा परेको छ।

सन् २०२२ को विश्वकप र स....

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण अन्योलमा, एन्फा भन्छ- प्रशिक्षण स्थगित भएको छैन
फाइल

काठमाडौं, साउन २७ : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण अन्योलमा परेको छ।

सन् २०२२ को विश्वकप र सन् २०२३ को एसिया कप फुटबल छनोटको तयारीका लागि भदौ १ गतेदेखि बन्द प्रशिक्षण सुरु गर्ने तयारी अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेपछन कोरोनाका कारण बन्द प्रशिक्षण अन्योलमा परेको हो।

सरकारले सोमबार भदौ १ गतेदेखि खुल्ने भनेको सम्पूर्ण क्षेत्र १५ गतेसम्म बन्द गरेपछि राष्ट्रिय टिमको प्रशिक्षण अन्योलमा परेको हो। सरकारले साउन ५ गते चार महिना लामो लकडाउन साउन ७ देखि अन्त्य गर्र्दै भदौ १ गतेदेखि यातायात, व्यवसाय, खेलकुद प्रशिक्षण खोल्ने निर्णय गरेको थियो। 

त्यही निर्णयलाई टेक्दै प्रशिक्षण सुरु गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३३ खेलाडीलाई क्वारेन्टाइनमा राखेको छ। खेलाडीसहित अन्य स्टाफको कोरोना परीक्षण गरेर उनीहरुलाई सातदोबाटोस्थित एन्फा होस्टलमा सार्ने तयारी एन्फाले गरेको छ। 

मन्त्रिपरिषद् बैठकले कोरोनाको जोखिम बढेको भन्दै खेलकुदका सबै गतिविधि बन्द गर्ने निर्णय गरेपनि एन्फाले भने राष्ट्रिय टिमको प्रशिक्षण स्थगित भइनसकेको एन्फा प्रवक्ता किरण राईले बताए। 

‘सरकारले खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको हो। तर फुटबल टिमको प्रशिक्षण स्थागित भएको छैन’, उलने भने, ‘प्रशिक्षण तत्काल स्थागित गर्ने÷नगर्ने विषय छलफलपछि निर्णयमा पुग्छौं।’

नेपालले घरेलु अक्टोबर ८ मा चाइनिज ताइपेई, अक्टोबर १३ मा अष्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग खेल्ने तालिका छ। तर, विश्वकप छनोटको नयाँ प्रस्तावपछि तीनवटै खेल नेपालमा नहुने सम्भावना बढेको छ। दशरथ रंगशालाको पुनर्निर्माण नसकिँदा नेपालले कुवेतसँगको होम खेल भुटानमा खेलेको थियो।

सन् २०२२ को विश्वकप र सन् २०२३ को एसियन कप छनोटमा नेपाल समूह बीमा छ। नेपाल रहेको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन्। नेपालले छनोटका पाँच खेल खेलिसकेको छ, जसमा नेपालले एकमा जित र चार खेलमा पराजय भोगेको छ।

विश्वकप छनोट अन्तर्गत नेपालले चाइनिज ताइपेईलाई उसकै मैदानमा २–० ले हराएको थियो भने कुवेतसँग ७–० ले, अष्ट्रेलियासँग ५–० र जोडर्नसँग ३–० ले पराजित भएको थियो। भुटानमा भएको खेलमा नेपाल कुवतेसँग १–० ले पराजित भएको थियो।

खेलाडीको कोरोना परीक्षण सकियो 

राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्न एन्फाले खेलाडी, व्यवस्थापन तथा एन्फा होस्टलका सम्पूर्ण कर्मचारीको कोरोना परीक्षण गरेको छ। बन्द प्रशिक्षणमा रहने ३३ खेलाडीसहित कोचिङ स्टाफ, अफिसियल, होस्टल स्टाफलगायत ७० जनाको सोमबार र मंगलबार स्वाब संकलन गरिएको थियो। 

सोमबार ११ खेलाडी, २ अफिसियल र १२ स्टाफसहित २५ जनाले स्वाब दिएका थिए भने मंगलबार २३ खेलाडी, टिम म्यानेजर मधुसुदन उपाध्याय, गोलकिपर प्रशिक्षक विकास मल्लसहित २९ जनाको स्वाब कोरोना परीक्षणका लागि पठाइएको छ।
 

प्रकाशित मिति: १८:४७ बजे, मंगलबार, साउन २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्