Kathmandu Press

रेलवे पूर्वाधार निर्माणको ठेक्का प्रक्रियाले निरन्तरता पाउने

काठमाडौं, साउन २७ : रेलवे पूर्वाधार निर्माणको ठेक्का प्रक्रियाले निरन्तरता पाउने भएको छ। उच्च अदालत पाटनले अन्तरिम आदेश दिन नमानेपछि ठेक्का प्रक्रियाक....

रेलवे पूर्वाधार निर्माणको ठेक्का प्रक्रियाले निरन्तरता पाउने

काठमाडौं, साउन २७ : रेलवे पूर्वाधार निर्माणको ठेक्का प्रक्रियाले निरन्तरता पाउने भएको छ। उच्च अदालत पाटनले अन्तरिम आदेश दिन नमानेपछि ठेक्का प्रक्रियाको बाटो खुलेको हो।

यसअघि उच्च अदालत पटानका न्यायाधीश शान्ता सेढाइ सापकोटाको एकल इजलासले अल्पकालीन अन्तरिम आदेशमार्फत टेन्डर प्रक्रिया रोक्न र दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिएको थियो। अल्पकालीन अन्तरिम आदेशका कारण निर्माणका काम रोकिएको थियो।  

सोमबार उच्च अदाल पाटनमा मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले साउन १९ गतेको आदेशलाई निरन्तरता नदिएका हुन्।

पूर्वको काँकरभिट्टादेखि सुनसरीको इनरुवासम्म १०६ किलोमिटर लामो रेलवे पूर्वाधार निर्माणका लागि रेल विभागले गत असार १४ र १७ सूचना प्रकाशित गरि टेन्डर आह्वान गरेको थियो। टेन्डर भने पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण समितिले पाएको थियो।

रेल विभागले टेन्डर आह्वान गरेपछि विभिन्न सर्तहरु परिवर्तन गरेको भन्दै याक्थुहाङ्ग निर्माण सेवाका तर्फबाट तेजकुमार कुर्वाङले साउन १८ गते उच्च अदालतमा रिट दायर गरेका थिए।

 

प्रकाशित मिति: १४:०८ बजे, मंगलबार, साउन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्