Kathmandu Press

‘प्रेम गीत ३’का निर्माता सन्तोष सेन ‘हुतुतु’को तयारीमा

काठमाडौं, साउन २७ : ‘प्रेम गीत ३’ प्रदर्शनमा नआउँदै निर्माता सन्तोष सेनले अर्को फिल्म ‘हुतुतु’ निर्माण गर्ने भएका छन्।

....
‘प्रेम गीत ३’का निर्माता सन्तोष सेन ‘हुतुतु’को तयारीमा

काठमाडौं, साउन २७ : ‘प्रेम गीत ३’ प्रदर्शनमा नआउँदै निर्माता सन्तोष सेनले अर्को फिल्म ‘हुतुतु’ निर्माण गर्ने भएका छन्।

उनले कमेडी प्रधानन फिल्म ‘हुतुतु’ निर्माण गर्न लागेका हुन्। यसमा हरिवंश आचार्य, प्रदीप खड्का, पल शाह, राजाराम पौडेल, मउत्स्हे गुरुङ, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेतलगायत कलाकार अभिनय रहनेछ।

यस फिल्ममा नायिकाको छनोट भने हुन बाँकी रहेको निर्माण टिमले बताएको छ ।

कोराना महामारीका कारण सिनेमा हल बन्द हुँदा गत चैत २८ गतेबाट प्रर्दशनको तयारीमा रहेको ‘प्रेमगीत ३’ रोकिएको थियो।

प्रकाशित मिति: १३:२७ बजे, मंगलबार, साउन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्