Kathmandu Press

अभिनेत्री पूजा शर्माको उजुरीमा प्रेस काउन्सिलले माग्यो स्पष्टिकरण

काठमाडौं, साउन २७ : अभिनेत्री पूजा शर्माले आफूलाई एपी वान टेलिभिजनबाट प्रसारण हुने रजतपट कार्यक्रममा अपमान र अभद्र व्यवहार गरेको भन्दै दिएको उजुरीमा प....

अभिनेत्री पूजा शर्माको उजुरीमा प्रेस काउन्सिलले माग्यो स्पष्टिकरण
किशाेर श्रेष्ठकाे फेसबुकबाट

काठमाडौं, साउन २७ : अभिनेत्री पूजा शर्माले आफूलाई एपी वान टेलिभिजनबाट प्रसारण हुने रजतपट कार्यक्रममा अपमान र अभद्र व्यवहार गरेको भन्दै दिएको उजुरीमा प्रेस काउन्सिलले स्पष्टिकरण मागेको छ।

रजतपट कार्यक्रमका सञ्चालक प्रकाश सुवेदीले अन्तर्वार्ताका लागि नआएको भन्दै अभिनेत्री पूजालाई होच्याएका थिए। उनले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको जनाउँदै पूजाले सोमबार प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन्।

उनले दिएको उजुरीको आधारमा एपी वान टेलिभिजनलाई प्रेस काउन्सिलले स्पष्टिकरण सोधेको छ। २४ घन्टाभित्र स्पष्टिकरण दिन पत्रका काटिएको काउन्सिलले जनाएको छ।

पत्रकार सुवेदीको सामाजिक सञ्जालमा पनि चर्को विरोध भएको थियो। त्यसपछि माफी मागेका थिए। तर, माफी माग्दा पनि अहम प्रस्तुत गरेको भन्दै आलोचना भइरहेको छ।

प्रकाशित मिति: १२:३४ बजे, मंगलबार, साउन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्