Kathmandu Press

आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, साउन २७ : कोरोना महामारीसँगै लगातार बृद्धि भइरहेको सुनको मूल्य आज भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन....

आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, साउन २७ : कोरोना महामारीसँगै लगातार बृद्धि भइरहेको सुनको मूल्य आज भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य आठ सय घटेर प्रति तोला एक लाख एक हजार ६ सय पुगेको छ। सोमबार एक लाख दुई हजार चार रुपैया रहेको थियो।

मंगलबार चाँदीको मूल्य भने केही बढेको छ। प्रतितोला ४० रुपैयाँ बढेर एक हजार चार सय ३५ पुगेको छ।

सोमबार चाँदी प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

प्रकाशित मिति: १२:१६ बजे, मंगलबार, साउन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्