म्यान्चेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिगको सेमिफाइनलमा
काठमाडौं, साउन २७ : इंग्लिस फुटबल क्लब म्यान्चेस्टर युनाइटेड र इटालीको इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गएराति ....

काठमाडौं, साउन २७ : इंग्लिस फुटबल क्लब म्यान्चेस्टर युनाइटेड र इटालीको इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गएराति भएको क्वाटरफाइनल खेलमा डेनमार्कको एफसी कोपनहेगनलाई १–० ले हराउँदै म्यान्चेस्टर युनाइटेडले अन्तिम चारमा पुगेको हो । म्यान्चेस्टरका लागि ब्रुनो फर्नान्डेजले अतिरिक्त समयमा पेनाल्टीमार्फत निर्णायक गोल गरे ।
गएराति नै भएको अर्को खेलमा जर्मनीको बायर लिभरकुजेनलाई २–१ ले हराउँदै इन्टर मिलान पनि अन्तिम चारमा स्थान जमायो । खेलमा इन्टरलाई विजयी गराउन रोमेलु लुकाकु र निकोलो बारेलाले एक-एक गोल गरे ।
लिभरकुजेनका काई हाभर्ट्जले एक गोल फर्काए । यो खेलमा गोल गरेका बेल्जीयन खेलाडी लुकाकुले युरोपा लिगमा लगातार ९ खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन् ।











