मिर्मिरे लघुवित्तको चुक्ता पुँजी करिब ४० करोड पुग्यो
काठमाडौं, साउन २६ : मिर्मिरे लघुवित्त संस्थाले आफ्नो चुक्ता पुँजी करिब ४० करोड पुर्याएको छ। नागबेली लघुवित्तलाई अधिग्रहण गरेसँगै मिर्मिरेको चुक्....

काठमाडौं, साउन २६ : मिर्मिरे लघुवित्त संस्थाले आफ्नो चुक्ता पुँजी करिब ४० करोड पुर्याएको छ। नागबेली लघुवित्तलाई अधिग्रहण गरेसँगै मिर्मिरेको चुक्ता पुँजी ३९ करोड ९८ लाख ६ सय १४ रुपैयाँ पुगेको हो।
नेपाल राष्ट्र बैंकले सोमबार नागबेलीलाई अधिग्रहणका लागि स्वीकृति प्रदान गरेको हो। यसअघि मिर्मिरेले स्वेडा लघुवित्तलाई अधिग्रहण गरेको थियो। नागबेली लघुवित्तलाई अधिग्रहण गरेसँगै मिर्मिरेको देशभर १ सय ८ शाखा पुगेको छ।
अन्य संस्थालाई समेत अधिग्रहण तथा मर्जरको लागि गृहकार्य भइरहेको संस्थाका सामाजिक विकास अधिकृत विकल काफ्लेले जानकारी दिए।
प्रकाशित मिति: १७:५० बजे, सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
