Kathmandu Press

प्रकाशको माफी माग्ने तरिकाको झन बिरोध, नायिका पूजा पनि अचम्मित

काठमाडौं, साउन २६ : नायिका पूजा शर्माले टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीले हल्का तरिकाले माफी मागेकोमा अचम्मित भएको बताएकी छन्। नियतबस अपमानजनक शब्द प....

प्रकाशको माफी माग्ने तरिकाको झन बिरोध, नायिका पूजा पनि अचम्मित

काठमाडौं, साउन २६ : नायिका पूजा शर्माले टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीले हल्का तरिकाले माफी मागेकोमा अचम्मित भएको बताएकी छन्। नियतबस अपमानजनक शब्द प्रयोग भएको उल्लेख गर्दै उजुरी पनि दिएकी छन्।

पूजालाई लक्षित गरी एपी वान टेलिभिजनमा सुवेदीले बोलेको अपमानजक र अभद्र व्यवहारप्रति सामाजिक सञ्जालमा पनि तिव्र आलोचना भएको थियो। उनले रजतपटमा आफूले बोलेको शब्द कसैप्रति लक्षित नभएको बताउँदै ‘दाह्रा’ शब्द प्रयोग हुन गएकोमा गल्ती भएको स्वीकारेका छन्। आगामी दिनमा शब्द चयनमा ध्यान दिने बताएका थिए।

तर, उनको माफी माग्ने तरिकाको पनि आलोचना भइरहेको छ। उनले माफी माग्दा पनि अहम देखाएको भन्दै सामाजिक सञ्जालमा विराेध भइरहेकाे छ।

Hardik ivf

उनको त्यहि शैलीको पूजाले पनि विरोध जनाएकी हुन्। ‘एपी वान टिभिको रजतपट कार्यक्रममा भएको कलाकारप्रतिको अपमानजनक टिप्पणीविरुद्ध हिजो हामीले कलाकार संघ, निर्माता संघ, एपी वानलगायत विभिन्न महत्वपूर्ण ठाउँमा उजुरी दियौ। लगतै हिजो बेलुका सम्बन्धित कार्यक्रम प्रस्तोताले क्षमा मागेको भिडियो पनि आयो,’ पूजाले भनेकी छन्, ‘त्यो सुनेर हामी झन् आश्चर्यमा पर्यौ! त्यस्तो गम्भिर विषयमा उहाँले ‘दारे’ शब्द चिप्लिएर प्रयोग गरिएकोमा माफि पाऊ भन्नु भो जबकि ‘दारे महानायिका’ शब्द चिप्लिएको होइन...।’

पूजाले प्रश्न गरेकी छन्, ‘दुई दिनकी चाँदनी फिर अन्धेरी रात, तिमीहरुको के हैसियत छ ?... भोलि हात जोडेर अन्तर्वार्ता दिन आउनुपर्ने दिन आउँछ। मैले एक से एक अभिनेत्रीको अन्तर्वार्ता लिएको छु, त आउदिन भन्ने तेरो के हैसियत के छ ...? यो आशय स्पष्ट झल्किने त्यति लामो शब्दावली कसरी चिप्लिएको हुन सक्छ?’

यो गम्भिर विषयलाई कार्यक्रम प्रस्तोताले जुन ढंगले घमण्ड र दम्बसहितको राष्ट्रिय टेलिभिजनमा प्रस्तुत गरेका छन्, त्यसले सम्पूर्ण कलाकारको अपमान गरेको पूजाले बताएकी छन्।

उनले यस्ता घटना भविष्यमा दोहोरिन नदिन पनि न्यायका लागि लागेको जनाएकी छन्।

 

 

प्रकाशित मिति: १४:३४ बजे, सोमबार, साउन २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्