'लालसिंह चड्ढा'को सुटिङका लागि टर्की पुगे आमिर खान
काठमाडौं, साउन २६ : बलिउड अभिनेता आमिर खान फिल्म लालसिंह चड्ढाको सुटिङका लागि टर्की पुगेका छन्।
कोरोना भाइरसको संक्रमण फैलिरहेकै वेला उनी फि....

काठमाडौं, साउन २६ : बलिउड अभिनेता आमिर खान फिल्म लालसिंह चड्ढाको सुटिङका लागि टर्की पुगेका छन्।
कोरोना भाइरसको संक्रमण फैलिरहेकै वेला उनी फिल्म सुटिङका लागि टर्की पुगेका हुन्। उनका फ्यानले फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा सेयर गरेका छन्।
टर्कीमा पनि उनका फ्यानले फलो गर्न छोडेका छैनन्। कयौं फ्यानले मास्कबिना पनि उनीसँग फोटो खिचेका छन्। यसमा आमिरले कुनै गाह्रो मानेको देखिएको छैन।
यो फिल्मको सुटिङ दिल्ली र लद्दाखमा हुने तय भएको थियो। तर, लकडाउनका कारण रोकिएको थियो।
भारतमा अहिले पनि दैनिक ५० हजारभन्दा बढी कोरोना संक्रमित थपिँदै गएका छन्। त्यसैले यस फिल्मको सुटिङ भारतमा नगरेर टर्की र जर्जियामा हुन लागेको हो।
यसको फिल्मको कथा अतुल कुलकर्णीले लेखेका हुन। यसको निर्देशन अद्वैत चन्दनले गर्दैछन्।
यो फिल्म २०२० को क्रिसमसमा रिलिज हुने तय भएको थियो। तर, कोरोना कारण सुटिङ रोकिएकाले अर्को वर्ष रिलिज हुने जनाएको छ।
NEW PIC@aamir_khan resumes #LaalSinghChaddha shoot in Turkey pic.twitter.com/vjheNtCqde
— Aamir Khan Official FC Kolkata (@AamirFanKolkata) August 8, 2020












