Kathmandu Press

बलिउड अभिनेत्री नताशा सूरीलाई कोरोना

काठमाडौं, साउन २५ : बलिउड अभिनेत्री नताशा सूरीलाई कोरोना भाइरसको संक्रमण भएको छ।

भारतीय मिडियाका अनुसार कोरोना देखिएपछि उनलाई होम क्वारेन्टा....

बलिउड अभिनेत्री नताशा सूरीलाई कोरोना

काठमाडौं, साउन २५ : बलिउड अभिनेत्री नताशा सूरीलाई कोरोना भाइरसको संक्रमण भएको छ।

भारतीय मिडियाका अनुसार कोरोना देखिएपछि उनलाई होम क्वारेन्टाइनमा राखिएको छ। उनको स्वास्थ्यमा समस्या आएको जनाएको छ।

नताशाको फिल्म डेन्जरस डििजिटल प्लेटफर्ममा रिलिज हुँदै छ। अब उनी यसको प्रमोसन सहभागी नहुने जनाएको छ।

उनी ६ दिन अघि पुणे गएकी थिइन्। पुणेबाट फर्केपछि बिरामी भएको उनले बताएकी छन्। घाँटी दुख्न थालेपछि उनले तीन दिन अघि कोरोना टेस्ट गराएकी थिइन्।

कोरोना परीक्षण रिपोट पोजिटिभ आएको उनले बताएकी छन्। उनी घरमै बसेर औषधि लिइरहेकी छन्।

उनको फिल्म डेन्जरस म्याक्स प्लेयरमा रिलिज हुँदै छ। यसमा बिपाशा बसु र करण सिंह ग्रोबरको पनि अभिनय रहेको छ।

 

प्रकाशित मिति: १२:२४ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्