Kathmandu Press

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोना र बायर्न, चेल्सीको लज्जास्पद हार

काठमाडौं, साउन २५ : बार्सिलोना र बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति अन्तिम १६ को दोस्रो लेगमा नापोलील....

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोना र बायर्न, चेल्सीको लज्जास्पद हार

काठमाडौं, साउन २५ : बार्सिलोना र बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–२ को जितसहित बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको हो। बार्सिलोनालाई जित दिलाउन लिओनिल मेस्सी, क्लेमेन्ट लेन्गलेट र लुइस सुवारेजले गोल गरे।  

यस्तै चेल्सीमाथि शानदार जित निकाल्दै बायर्न म्युनिख पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति नै भएको दोस्रो लेगको खेलमा ४–१ तथा समग्रमा ७–१ को जित निकाल्दै बायर्न क्वाटरफाइनल प्रवेश गरेको हो।

यो सँगै च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनल प्रवेशका लागि बार्साले बायर्नसँग साउन ३१ गते अर्थात् अगस्ट १५ मा खेल्ने छ। 

प्रकाशित मिति: ०७:४८ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्