Kathmandu Press

वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण

काठमाडौं, साउन २४ : वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

लोकगायक महतले अगस्त ७....

वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण

काठमाडौं, साउन २४ : वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

लोकगायक महतले अगस्त ७, शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका छन्।  उनले हाल आफ्नै घरको एउटा–एउटा कोठामा आइसोलेसनमा बसेको जानकारी दिदैं ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख पनि गरेका छन्।

गायक महत अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत हुन् । कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आग्रह समेत गरेका छन् ।
 
प्रकाशित मिति: ०८:४१ बजे, शनिबार, साउन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्