Kathmandu Press

सुनको मूल्य १ लाख ३ हजार ४ सय पुग्यो

काठमाडौं, साउन २३ : सुनको मूल्य बढ्ने क्रम अझै रोकिएको छैन। शुक्रबार एक हजार एक सयले बृद्धि भएको छ।

कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्....

सुनको मूल्य १ लाख ३ हजार ४ सय पुग्यो

काठमाडौं, साउन २३ : सुनको मूल्य बढ्ने क्रम अझै रोकिएको छैन। शुक्रबार एक हजार एक सयले बृद्धि भएको छ।

कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा पनि अप्रत्यासित रुपमा बढिरहेको छ। शुक्रबार छापावाला सुन प्रतितोला एक हजार एक सयले बढेर एक लाख तीन हजार चार सय पुगेको छ।

बिहीबार प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख तीन हजारमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदकिो मूल्य पनि ६० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ।

 

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, साउन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्