Kathmandu Press

आलियाको ‘सडक २’ अर्को महिना आउँदै

काठमाडौं, साउन २३ : बलिउड अभिनेत्री आलिया भट्टले ट्वीटरमार्फत फिल्म ‘सडक २’ अर्को महिना प्रदर्शनमा आउने जनाएकी छन्।

महेश भट्टको ....

आलियाको ‘सडक २’ अर्को महिना आउँदै

काठमाडौं, साउन २३ : बलिउड अभिनेत्री आलिया भट्टले ट्वीटरमार्फत फिल्म ‘सडक २’ अर्को महिना प्रदर्शनमा आउने जनाएकी छन्।

महेश भट्टको निर्देशन रहेको फिल्म यसअघि पनि डिजिटल प्लेटफर्म डिज्नी प्लसमा प्रदर्शनमा आउने तयारी गरेको थियो।  फिल्ममा सञ्जय दत्त, आलिया भट्ट, आदित्य रोय कपुर र पूजा भट्टलगायतको अभिनय रहेको छ।

Hardik ivf

कोरोना भाइरसको संक्रमणले तत्काल सिनेमा हल खोल्ने तयारी गरिएको छैन। जसले गर्दा डिजिटल प्लेटफर्ममा प्रदर्शन गर्न लागिएको हो।

ठूलो पर्दाका लागि बनाइएको यस फिल्ममा भएको लगानी हेरेर निर्माता टिमले डिजिटल प्लेटफर्ममार्फत फिल्म रिलिज गर्न लागेको हो। यो फिल्म अगस्ट २८ अर्थात भदौ १२ गते प्रदर्शन हुने आलियाले जनाएकी छन्।

फक्स स्टार स्टूडियोको प्रस्तुति रहेको ‘सडक २’ फिल्म सन् १९९१ मा प्रदर्शन भएको ‘सडक’को सिक्वेल हो।

 

 

प्रकाशित मिति: १२:०६ बजे, शुक्रबार, साउन २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्