Kathmandu Press

अमिताभ बच्चनले भने, ‘आफूले गरेका कामबारे बताउँनुपर्दा पछुतो लागेको छ’

काठमाडौं, साउन २३ : सामाजिक सञ्जालमा सधै उत्साहपूर्वक जवाफ दिने बलिउड अभिनेता अमिताभ बच्चनलाई एउटा फलोअर्सको प्रश्नले भने निरास बनायो। उनले त्यसको जबा....

अमिताभ बच्चनले भने, ‘आफूले गरेका कामबारे बताउँनुपर्दा पछुतो लागेको छ’

काठमाडौं, साउन २३ : सामाजिक सञ्जालमा सधै उत्साहपूर्वक जवाफ दिने बलिउड अभिनेता अमिताभ बच्चनलाई एउटा फलोअर्सको प्रश्नले भने निरास बनायो। उनले त्यसको जबाफ दिँदै आफूले गरेका कामबारे बताउँनुपर्दा पछुतो लागेको जनाएका छन्।

अमिताबभको एउटा स्टाटसमा कमेन्ट गर्दै फेसबुक प्रयोगकर्ता सीमा पटेलले प्रश्न गरेकी थिइन्, ‘तपाई आफ्नो केही सम्पत्ती कि असहाय वा गरिबहरुलाई दिनु हुन्न?’ सीमाले थपेकी छन्, ‘मलाई आशा छ तपाईको गोजी अथाह प्रेम र आशिर्वादले भरिएको छ। उदाहरणीय बन्नुस्।’

Hardik ivf

सीमाको प्रश्नको जवाफमा अमिताभ बच्चनले ब्लगमा लेखेका छन्। उनले भनेका छन्, ‘यो कमेन्ट पढ्दै गर्दा म रोएँ, किनकि उनले आज मेरो विश्वास टुटाइदिइन्। जहाँ म आफूले गरेको समाज सेवाका कामहरुबारे केही भन्न सक्दिन।’

अमिताभले सीमालाई सम्बोधन गर्दै भनेका छन्, ‘सीमा पटेलजी तपाईले भनेको सही हो। मेरो गोजी प्रेम र आशिर्वादले भरिएको छ, तर तपाईले भनेजस्तो उदाहरणीय बन्न आवश्यक लाग्दैन। किनकि तपार्ई मैले गरेका कामहरुबारे भ्रममा हुनुहुँदो रहेछ।’

आफूले सयौं किसानहरुलाई आत्महत्या गर्नबाट जोगाएको तथा असहाय र गरिबका लागि मात्र नभइ अन्यका लागि पनि सहयोग गरेको अमिताभले जनाएका छन्। त्यस्तै, शहीद परिवारलाई गरेको सहयोग गरेको, कोरोना संक्रमण सुरु भएको ६ महिनामा एक लाखभन्दा बढी श्रमिक परिवारलाई रासन पठाएको उनले उल्लेख गरेका छन्।

लकडाउनमा सयौं किलोमिटर हिँडेर घर फर्कने १२ हजार मजदुरहरुलाई जुत्ता उपलब्ध गराएको समेत अमिताभले खुलाएका छन। यसैगरि अस्पताल र प्रहरीलाई १५ हजार पीपीई र १० हजारभन्दा बढी मास्क उपलब्ध गराएको पनि बताएका छन्।

अन्तिममा सीमाको प्रश्नले आफ्नो विश्वास तोडेको र आफूले गरेको कामबारे ब्याख्या गर्नुपर्दा पछुतो लागेको बताएका छन्। उनले सीमा र उनको परिवारको स्वास्थ्यको कामना गरेका छन्।

अमिताभ भर्खरै कोरोना भाइरसबाट निको भएका थिए। उनको परिवारका चार जनालाई कोरोना संक्रमण भएको थियो। ऐश्वर्या र आराध्या पनि निको भइसकेका छन्। अभिषेकको भने उपचार चलिरहेको छ।

प्रकाशित मिति: ११:३८ बजे, शुक्रबार, साउन २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्