युरोपा लिगको क्वाटरफाइनलमा सेभिल्ला र लिभरकुसन
काठमाडौं, साउन २३ : स्पेनिस क्लव सेभिल्ला युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको अन्तिम १६ को खेलमा सेभिल्लाले ....

काठमाडौं, साउन २३ : स्पेनिस क्लव सेभिल्ला युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको अन्तिम १६ को खेलमा सेभिल्लाले इटालियन क्लब रोमालाई २–० ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । खेलको २२औं मिनेटमा सर्जियो रेगुईलनले सेभिल्लालाई अग्रता दिलाएका थिए ।
यूसुफ एन नेसरीले ४४औं मिनेटमा दोस्रो गोल गर्दै सेभिल्लाको जीत सुनिश्चित गरेका थिए । लगातार तीन पटकसहित पाँच पटकको च्याम्पियन बनिसकेको सेभिल्ला छैठौँ पटक उपाधिको खोजिमा छ ।
यस्तै, जर्मन क्लब बायर लिभरकुसन युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति नै भएको अर्को खेलमा जर्मन क्लब बायर लिभरकुसनले स्कटिस क्लब रेन्जर्सलाई १ ० गोल अन्तरले हरायो ।
लिभरकुसन जर्मनीमा भएको खेलमा घरेलु टोली लिभरकुसनको जीतमा खेलको ५१औँ मिनेटमा मोउसा डियावीले गरेको गोल नै निर्णायक सावित भयो । अब लिभरकुसनले सेमिफाइनल प्रवेशका लागि इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ ।











