Kathmandu Press

सन् २०२० मा नेपालको रेमिट्यान्स २८ प्रतिशतले घट्ने एडीबीको प्रक्षेपण

काठमाडाैं, साउन २२ :  नेपालको रेमिट्यान्स २८ प्रतिशतले घट्ने एशियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ। 

कोरोना माहामारीका क....

सन् २०२० मा नेपालको रेमिट्यान्स २८ प्रतिशतले घट्ने एडीबीको प्रक्षेपण
फाइल

काठमाडाैं, साउन २२ :  नेपालको रेमिट्यान्स २८ प्रतिशतले घट्ने एशियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ। 

कोरोना माहामारीका कारण नेपालको रेमिट्यान्समा २८ दशमलव २ प्रतिशतले गिरावट हुने प्रक्षेपण एडीबीले गरेको हो। सन् २०१८ को तुलनामा यो वर्ष २ अर्ब ३२ करोड अमेरिकी डलर गुमाउने एडीबीको भनाइ छ। सन् २०१८ मा  नेपालमा ८ अर्ब २९ करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको थियो।

कोरोना महामारीका कारण एसिया प्यासिफिक क्षेत्रका  राष्ट्रमा रेमिट्यान्समा उल्लेखीय मात्रामा गिरावट आएको एडीबीको प्रतिवेदन छ। नेपालको कूल ग्राहस्थ उत्पादन जीडीपीमा रेमिट्यान्सको योगदान २७ प्रतिशत छ। राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने रेमिट्यान्समा गिरावट आउने भएपनि एडीबीले प्रक्षेपण गरेजस्तो स्थिति नआउने बताउँछन्।

'अवस्था सामान्य पक्कै पनि छैन तर एडीबीले प्रक्षेपण गरेजस्तो रेमिट्यान्स एक चौथाइमा खुम्चिने स्थिति भने देखिँदैन,' भट्टले भने। एडीबीले रेमिट्यान्समा यहीस्तरको गिरावट देखिएमा नेपालमा गरिबी बढ्ने उल्लेख गरेको छ। 'खान बस्न तथा शिक्षादिक्षामा रेमिट्यान्समा आश्रित परिवारन धेरै छन्। यो संख्यामा रेमिट्यान्समा गिरावट आयो भने नेपालमा गरिबी बढ्नेछ,' एडीबीको प्रतिवेदनमा भनिएको छ।

कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाउने संख्या बढिरहेको छ। रोजगारीका लागि खाडी मुलुक पुगेकाहरु फर्किने क्रममा रहेकाले नेपालको रेमिट्यान्समा गिरावट आइरहेको छ। एसिया प्यासिफिक क्षेत्रमा ४५ राष्ट्रका अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा महत्वपूर्ण रहेको हुँदा ती राष्ट्रमा बढी समस्या हुने एडीबीको प्रतिवेदनमा भनिएको छ।

प्रकाशित मिति: २०:०० बजे, बिहीबार, साउन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्