सुनको मूल्य एक लाख २ हजार ५ सय
काठमाडौं, साउन २२ : सुनको मूल्य बृद्धि भएर एक लाख दुई हजार पाँच सय पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक हज....

काठमाडौं, साउन २२ : सुनको मूल्य बृद्धि भएर एक लाख दुई हजार पाँच सय पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक हजार एक सय रुपैयाँले बृद्धि भएको हो। बजार खुल्नेवितिक्क छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार पाँच सय काम भएको हो।
त्यस्तै, तेजाबी सुनको मूल्य एक लाख दुई हजार दुई सय निर्धारण गरिएको छ। बिहीबार चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँ पुगेको छ।
कोरोनाका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बृद्धि भएसँगै नेपालमा पनि लगातार बृद्धि भइरहेको छ।
प्रकाशित मिति: १२:१४ बजे, बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
