Kathmandu Press

अभिनेत्री दिशा पाटनीका बुवालाई कोरोना संक्रमण

काठमाडौं, साउन २२ : बलिउड अभिनेत्री दिशा पाटनीका बुवालाई कोरोना भाइरसको संक्रमण भएको छ।

अभिनेत्री दिशा पाटनीका बुवा जगदिश बिजुली विभागमा काम....

अभिनेत्री दिशा पाटनीका बुवालाई कोरोना संक्रमण
एजेन्सी

काठमाडौं, साउन २२ : बलिउड अभिनेत्री दिशा पाटनीका बुवालाई कोरोना भाइरसको संक्रमण भएको छ।

अभिनेत्री दिशा पाटनीका बुवा जगदिश बिजुली विभागमा काम गर्नछन्। उनीसहित विभागका तीन कर्मचारीलाई कोरोना संक्रमण भएको भारतीय मिडियाले जनाएका छन्।

जगदिश र अन्य दुई कर्मचारी ट्रान्सफर्मर घोटलाको जाँच गर्न लखनउ गएका थिए। त्यहाँबाट फर्केपछि बुधबार उनीहरुको कोरोना परीक्षण गरिएको थियो। बुधबार राति आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको जनाएको छ।

जगदिशसहित तीन जनामा कोरोना देखिएपछि बिजुली विभाग सिल गरिएको छ। उनी बिजुली विभागका डेप्युटी एसपी पदमा कार्यरत छन्।

 

प्रकाशित मिति: ११:४६ बजे, बिहीबार, साउन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्